Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणालीको परीक्षण गरिएको छ ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले यातायात व्यवस्था कार्यालय चावहिलको ट्रायल सेन्टरमा भएको परीक्षणको अवलोकन गरेका छन् । मंगलबारदेखि काठमाडौं उपत्यकाको ८ वटा, हेटौंडा, चितवन र सिन्धुलीका यातायात कार्यालय गरी ११ वटा कार्यालयबाट कार्यान्वयनमा आउने भएको छ ।
मन्त्री श्रेष्ठका अनुसार ट्रायलमा सामान्य त्रुटि हुँदा पनि फेल गराउँदा चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि ७० प्रतिशत अङ्क आउदा पनि सवारी चालक अनुमति पत्र पाइने व्यवस्थाको सुरुवात गर्न लागिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij