Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालाजु घटनामा संलग्न थप २३ जना नियन्त्रणमा

बालाजु घटनामा संलग्न थप २३ जना नियन्त्रणमा

  • काठमाडौं । बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले हालसम्म गाडी आगजनी गरेको आरोपमा २९ जना पक्राउ परेको जनाएका छन् । मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेका संख्या भने ११ पुगेको छ ।

    AGNI GROUP

    पक्राउ पर्नेहरुमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ रहेका छन् ।एसपी रिजालका अनुसार तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको छ । 

    त्यस्तैगरी उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij