Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सूचना र तथ्यांक सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन

सूचना र तथ्यांक सुरक्षित बनाउन मन्त्री शर्माको निर्देशन

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्यांक र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन  दिएकी छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याइन्।

    AGNI GROUP

    सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख गरिन्। 

    उनले सूचना प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा देश र जनताको पक्षमा यो प्रविधि सञ्चालन गरिनुपर्नेमा जोड दिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij