
Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिकाले नियम पुरा नगरेको भन्दै १० वटा सहकारी संस्था खारेज नै गरि दिएको छ । यहाँका महिला सिप विकास बहुउद्दे्श्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवि महिला बचत तथा ऋण सहकारी, राजबृक्ष जडिबुटी सहकारी, एभरेष्ट कसषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्त सहकारी संस्था महानगरले खारेज गरिदिएको हो ।
महानगरले सहकारी ऐन,२०७५को दफा २९ को उप दफ (२) बमोजिम काम नगरेको भन्दै उक्त सहकारीहरु खारेज गरेको हो । सहकारीहरुले आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको, लेखा परिक्षण गरि विवरण बुझाउनु पर्नेमा त्यसो नगरेकोले खारेज गरिएको महानगरको सहकारी शाखा प्रमुख देवप्रसाद गुरागाईले बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij