
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आज बिहान दुर्घटना भएको हो ।
सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठ घटनास्थलमै मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij