Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट दर्ता हुने क्रममा छ। गत शुक्रबार सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि मंगलबार रिट दर्ता गर्न लागिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको शुक्रबारको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश जारी गरेको थियो। ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा पेश गरिएको छ। रुजु गरेर दर्ता गर्ने क्रममा रहेको बताइएको छ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चको पछिल्लो आदेशसँगै दर्ताको प्रक्रिया सुरु भएको हो। माओवादी केन्द्रले भने द्वन्द्वकालीन विषयलाई संक्रमणकालीन न्याय अन्तर्गत टुंग्याउनुपर्ने बताउँदै आएको छ।
२०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मानिएका पाँच हजारको जिम्मेवारी लिने बताइएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij