Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बागमती गाउँपालिकामा तीन जना क्षयरोगी भेटिए, डट्स प्रविधिबाट उपचार थालियो

बागमती गाउँपालिकामा तीन जना क्षयरोगी भेटिए, डट्स प्रविधिबाट उपचार थालियो

  • ललितपुर । जिल्लाको बागमती गाउँपालिकामा तीन जना क्षयरोगका बिरामी पहिचान भएका छन् । स्वास्थ्य कार्यालय ललितपुरले बागमती गाउँपालिका ४, प्युटारको थाङ्सिङटार अस्पतालमा गरेको स्वास्थ्य शिबिरमा आएका तीन जनाको परीक्षण गर्दा क्षयरोग पुष्टि भएको हो। उनीहरुको अहिले डट्स प्रविधिबाट उपचार सुरु गरिएको बागमती गाउँपालिका स्वास्थ्य संयोजक समीर श्रेष्ठले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    क्षयरोग देखिएका तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। उनका अनुसार एक्सरे र खकार परीक्षणबाट सो रोगको पहिचान भएको हो। शनिबार भएको स्वास्थ्य शिबिरमा ५४४ जनाको स्वास्थ्य परीक्षण भएको थियो।

    AGNI GROUP

    जसअन्तर्गत आयुर्वेदमा १७५, आँखा १३५, ल्याव सेवा ८४, प्रसुती तथा स्त्री ९८, बालरोग ९८, एक्सरे सेवा १४८, छालारोग ७२, स्त्री भिडियो एक्सरे १७, दन्त रोग ४८, जनरल मेडिसिन २०६ र पोषण ९८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिए।

    यसैगरी, आइतबार बागमती गाउँपालिकाकै वडा नम्बर ७ गिम्दीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा जेष्ठ सम्मान कार्यक्रम भएको छ। १५ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली परीक्षणमा खटिएका थिए। एकसय १० नागरिकको स्वास्थ्य परीक्षण भएको उनले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij