Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहभागी हुने निर्णय गरेको छ।
कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। नेता शरदसिंह भण्डारीले १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार यसका लागि गठबन्धन आबद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ। बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij