Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इमाडोलको कृष्ण मन्दिरले ५१ औं वार्षिकोत्सव आयोजना गर्दै

इमाडोलको कृष्ण मन्दिरले ५१ औं वार्षिकोत्सव आयोजना गर्दै


  • ललितपुर । कृष्ण प्रणामी मूल मन्दिर इमाडोलले ५१  औं वार्षिकोत्सव तथा धर्म जागनी स्वर्ण महोत्सव हुँदैछ। आउँदा वैशाख १ गते देखि ९ गते सम्म मनाउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    धार्मिक तथा सांस्कृतिक, मनोरंजन र सामाजिक सेवाका विभिन्न कार्यक्रमहरू सहित महालक्ष्मी नगरपालिकाको धार्मिक र पर्यटन क्षेत्रको प्रवर्धन समेत गर्ने गरि श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलले यो आयोजना गर्न लागेको हो ।

    AGNI GROUP

     आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव उपलक्ष्यमामा विभिन्न ५० प्रकारका कार्यक्रमहरू स्वास्थ्य सेवा, छात्रवृत्ति, धार्मिक तथा आध्यात्मिक, वटुकहरूको व्रतवन्ध, वेलविवाह जस्ता कार्यक्रमहरू समेत रहने बताउदै कार्यक्रमका उप संयोजक चिन्तामणी बस्नेतले यो कार्यक्रम महालक्ष्मी नगरपालिकाकै भएको समेत जिकिर गरे ।

    विभिन्न धर्म सम्प्रदायका गूरूजनहरूवाट शुभकामना सहित धार्मिक तथा आध्यात्मिक विषयमा प्रवचन, भजन किर्तन, सहयोगी दाताहरूलाई सम्मान सहित विविध कार्यक्रम गरि स्थानीय कला संस्कृति र राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत रहने उनले बताए ।

    वैशाख १ गते महालक्ष्मीनगर पालिका भित्रका विभिन्न समुह, टोल सुधार समिति, सहकारी, विधालय, सामाजिक संघसंस्था, महिला समुहहरूको उपस्थितमा वाजा गाजा, सांस्कृतिक भेषभुषा सहित कलश यात्रा गरि शुभारम्भ गर्ने र कार्यक्रम अवधिभर आयोजक समितिको तर्फवाट देश विदेशवाट पाल्नु हुने धार्मिक पर्यटकहरूलाइ महालक्ष्मी नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूको भ्रमण पनि गराउने व्यवस्था मिलाएको जानकारी दिए । 

    यस कार्यक्रमका लागि नन्द किशोर शर्माको अध्यक्षतामा १००८ जनाको मूल समारोह समिति समेत गठन गरेको छ भने यो कार्यक्रम महालक्ष्मी नगरपालिकाको पनि सहकार्य र समन्वय रहेको बताए । 

    महोत्सव अवधिभर विभिन्न स्टलहरू पनि राखिने भएकोले कृष्ण मन्दिर देखि रातामकै चोक सम्म एक साईडको सडक अबरुद्द हुने भएकाले सवारी व्यवस्थाका लागि पनि तयारी गरिने श्रीकृष्ण प्रणामी मूल मन्दिरका अध्यक्ष बस्नेतले अनलाइन पत्रिकालाई बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij