Jun 05 2026 | २०८३, जेठ २२ गते
चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफ्नो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ । आर्थिक स्थिति क्रमशः नियन्त्रणका साथै सुधार हुँदै गएको जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छन्।
मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घट्नेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij