Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेको छ ।
नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना एमालेमा फर्केका छन् ।
एमाले पार्टी कार्यलय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलको हातबाट टिका, अविर लगाउँदै उनीहरु एमालेमा फर्किएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij