Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

नेप्से सूचक १७ अंकले बढ्यो

नेप्से सूचक १७ अंकले बढ्यो

  • काठमाडौं ।  मंगलबार  नेप्से परिसूचक १७ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको थियो । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३.६५ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक १.९२ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो १.८२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.४१ प्रतिशतले र फाइनान्स समूह १.६५ प्रतिशतले बढेको छ । 

    म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij