Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

    AGNI GROUP

     यता , चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij