Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। यादवले मंगलबार दिउँसो सिंहदरवारमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका संघीय संसद् सचिवालयले जनाएको छ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका थिए। तनहुँ–१ र चितवन–२ बाट निर्वाचित स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए।
शुक्रबार कार्यव्यस्तताको कारण अनुपस्थित भएका यादवले आज मंगलबार शपथ लिएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij