Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

  • काठमाडाैं। गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

    images
    images
    images

    नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन्  । 

    गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको सङ्ख्या ३५ रहेको छ ।    कांग्रेसको २७ , माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको एक गरी ३५ सांसद् पाण्डेको पक्षमा रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij