Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कारका लागि ल्याइने शवको निःशुल्क दाहसंस्कार गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालन परिषद् बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवलाई थप विद्युतीय शवदाहगृह व्यवस्था गरी निःशुल्क दाहसंस्कार गरिन लागेको कोषका सदस्य सचिव डा. मिलन थापाले बताए।
थापाका अनुसार पशुपतिमा शव दाहसंस्कारका लागि रहेका दुई विद्युतीय शवदाहगृहमध्ये एउटा मात्र सञ्चालनमा छ। बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शवदाहगृह निर्माण गरी निःशुल्क बनाइने भएको हो।
अहिले सञ्चालनमा रहेको विद्युतीय शवदाहगृह र थप चार वटा विद्युतीय शवदाहगृह निर्माणपछि पाँच वटा पुग्नेछ। यी विद्युतीय शवदाहगृह निर्माणको काम सकिएसँगै कोषले सबै शवको निःशुल्क दाहसंस्कार गर्ने भएको छ।
हाल पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाहगृहमा ४ हजार शुल्क लिने गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij