
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । डा. ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइपछि पद खारेज नगर्न निर्देशन दिएको छ । आदेशको लिखित प्रति भने आइसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी ढाकाकुमारले सांसद पद गुमाएका थिए । आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध उनले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि रास्वपाको कारबाहीमा परेका श्रेष्ठको सांसद पद सभामुख देवराज घिमिरेले खारेज गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij