
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजार बढेको छ । नेप्से परिसूचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ ।
१३ उपसूचकहरू मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij