
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij