Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सफा हिमाल अभियानका सरदारको निधन

सफा हिमाल अभियानका सरदारको निधन

  • काठमाडौं । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक निधन भएको हो ।

    images
    images
    images

    विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ । उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।

    यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij