
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य १ हजार रुपैयाँले घटेकोे छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij