Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं– रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन् । घटना वैशाख १८ गतेको हो । रामेछापको बन्दीपुरबाट आफ्ना बाबु डेरा लिएर बस्दै आएको बनेपा जान भनेर एक किशोरी बस चढेकी थिइन्।
तर राति अबेरसम्म पनि छोरी नआएपछि उनका बाबुले प्रहरीमा उजुरी समेत दिएका थिए। त्यसपछि खोजतलासमा जुटेको प्रहरीले हुलियाको आधारमा भोलिपल्ट १९ गते कोटेश्वरमा ती किशोरीलाई भेटेको थियो। सोधपुछको क्रममा ती किशोरीले आफूमाथि बलात्कार भएको बताइन्।
बन्दीपुरबाट काठमाडौं आउँदा चढेको बा ३ ख २१३७ नम्बरको बसका चालक ३० वर्षीय कुमार कसाइले बलात्कार गरेको बताएपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो। कोटेश्वरको बिहानी गेस्टहाउसमा राखेर ती किशोरीलाई चालक कसाईले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बलात्कार आरोपमा पक्राउ परेका कसाइविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij