
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० हजार रुपैयाँमा किनबेच भइरहको छ ।
हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij