
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij