Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मनसुन–३ मा राजदल गणको 'बहादुरी' अभ्यास

मनसुन–३ मा राजदल गणको 'बहादुरी' अभ्यास

  • ललितपुर । राजदल गण लगनखेलको संयोजकत्वमा ललितपुर महानगरपालिका वडा नं. २४ नागदहमा “अभ्यास मनसुन–३“ संचालन भएको छ । मनसुनको समयमा देशका विभिन्न स्थानहरुमा भारी वर्षाबाट बाढी, डुबान एवं आगलागी जस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुलाई तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नको अभ्यास मनसुन ३ भएको हो । 

    onlinepatrika
    Arghakhachi

    “अभ्यास मनसुन ३“ मा जल उद्दार अन्तर्गत पानीमा फसेका व्यक्तिहरुलाई उद्धार गर्न प्रयोग हुने विभिन्न विधिहरु Under Water Search Method, Linear Search Method, T Line Rescue,  River Crossing  Drill,  High Line Rescue, High Angle Rescue, Drone तथा Throw Gun को प्रयोग गरी Demonstration संचालन हुनुको साथै आगलागी नियन्त्रणको समेत Demonstration प्रदर्शन गरिएको थियो ।

    AGNI GROUP

    उक्त कार्यक्रमलाई थप रोचक र जानकारीमुलक बनाउन विपद् व्यवस्थानको दौरान प्रयोग हुने विभिन्न उद्धारका सामाग्रीको प्रदर्शनी, Drone र Throw Gun को प्रयोग, गोताखोरको खोज कार्य र CPR तथा Spinal Injury को उपचार समेत प्रदर्शनी भएको थियो । 

    उक्त कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जन, उपत्यका पृतनापति उपरथी सागर बहादुर थापा र प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको उपस्थिती रहेको थियो । 

    राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी केशर बहादुर बुढाथोकीका अनुसार वर्षयाममा हुन सक्ने जोखिमलाई न्युनिकरण तथा सामना गर्न जानकारीमुलक अभ्यास संचालनबाट स्थानियवासीहरु लाभान्वित भएका छन् । 

    IMG_9273a.JPG

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij