
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकै दिन १ हजार ६०० रुपैयाँ घटेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij