
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो १ लाख ११ हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै हिजो १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य आज पनि उही मूल्य कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि यथावत रहेको छ ।
आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij