Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेसबुक र युट्युबबाट पाउने आम्दानीमा बढ्यो कर

फेसबुक र युट्युबबाट पाउने आम्दानीमा बढ्यो कर

  • काठमाडौँ । फेसबुक र युट्युब लगायतबाट प्राप्त गर्ने आम्दानीमा कर बढेको छ । आर्थिक विधेयकमार्फत सरकारले सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा कर बढाएर ५ प्रतिशत पुर्‍याएको हो । यी सामाग्रीबाट प्राप्त आयमा यसअघि एक प्रतिशत मात्र कर लाग्दै आएको थियो ।

    onlinepatrika
    Arghakhachi

    आर्थिक विधेयकमा भनिएको छ, ‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ ।, 

    AGNI GROUP

    साथै आर्थिक वर्ष ०७९/८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा एक प्रतिशत कर लाग्ने गरेको थियो । तर अहिले आर्थिक वर्ष ०८०/८१ देखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij