Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खोकनाको पहिचान जोेगाउनका लागि सरकार गम्भीर

खोकनाको पहिचान जोेगाउनका लागि सरकार गम्भीर

  • ललितपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकनाको मौलिक वस्तीको संरक्षण, पहिचान र सम्पदा जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिका २१ को संयोजनमा आइतबार खोकनामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले खोकनाको मौलिक बस्तीमा असर नपर्ने गरी फास्ट ट्रयाकको आयोजना अघि बढाउनुपर्नेमा सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

    onlinepatrika
    Arghakhachi

    उपप्रधानमन्त्री श्रेष्ठले खोकनाको मौलिक संस्कृति संरक्षणमा सक्रिय रहेका देवगणलाई औपचारिक सम्मान मात्र नभई प्रोत्साहनका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष एवं पूर्वसांसद पम्फा भुसालले खोकनाको मौलिक वस्तीलाई असर नपर्ने गरी फास्ट ट्रयाकक अघि बढाउनुपर्ने विषयमा रक्षामन्त्रीको संयोजकत्वमा बसेको समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    AGNI GROUP

    देवगणको सम्मानसँगै कार्यक्रममा पहिलो पटक देय् भ्वय् देशभरि भोज खुवाइएको थियो । वडाध्यक्ष रवीन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिलगायतको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij