
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९०० सय रुपैयाँले बढेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij