Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
कोषका कर्मचारीले आज (मंगलबार) कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे प्रहरी वृत्त गौशालालाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
मृत फेला परेका रानाको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij