
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले लेनिन विष्टले दायर गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
रजिस्ट्रारले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता नगरी विष्टको निवेदन दरपीठ गरेका थिए ।
जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको आरोप लगाएका छन् । बाल सेनाको रूपमा परिभाषित गरी पहिचान दिलाई राहत, परिपुरण, क्षतिपूर्ति र न्याय दिलाउन विष्टले विपक्षीका नाममा परमादेश माग गरेका छन् ।
माओवादी अध्यक्षसमेत रहेका प्रचण्डलाईउनले विपक्षी बनाएका छन् । जेठ १६ गते विष्टको निवेदन सर्वोच्चको रजिस्ट्रारले दरपीठ गरेका थिए । विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij