
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा २ विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । उक्त कर लगाउने घोषणा तत्काल फिर्ता गर्न सुनचाँदी व्यवसायमा आवद्ध तीनवटै महासंघले माग गरेका हन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हितविपरीत भएको ठहर गरेको छ ।
विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने नीति सरकारले अवलम्बन गरेकोप्रति पनि व्यवसायीले विरोध जनाएका छन् ।
भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरुप खुला आयात नीति लागू गर्न व्यवसायीले माग गरेका छन् ।
विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि राज्यले कर थोपर्ने नीति लिएकोले त्यसको व्यवसायीहरुले बिरोध जनाएका छन् । त्यसैगरी, बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij