Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लुटपाट गर्दा प्रतिकार गरेपछि हत्या

लुटपाट गर्दा प्रतिकार गरेपछि हत्या

  • काठमाडौं । बुटवलमा कुटपिटबाट एक जना पुरुषको हत्या भएको छ । आइतवार दिउँसो बुटवल उपमहानगरपालिका–११ देवीनगरमा अन्दाजी ३५ वर्षीय एक पुरुषको हत्या भएको हो ।

    onlinepatrika
    Arghakhachi

    लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा कुटपिट गर्दा उनको हत्या मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले मृतकको पहिचान खुल्न नसकेको बताए ।

    AGNI GROUP

    स्थानीयका अनुसार ती पुरुष ठेलामा व्यवसाय गर्दै आएका थिए । हत्यामा संलग्न भएको आरोपमा १२ वर्षीय बालक र पाल्पा घर भई बुटवलमा बस्दै आएका ३१ वर्षीय गणेश थापा मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । 


    उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट एक हजार पाँच सय रुपैयाँ बरामद गरेको छ। 

    बुटवल देनीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पैसा लुटपाट गर्ने उद्देश्यले ढुंगाले शरीरका विभिन्न अंगमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए । हत्यामा संलग्न व्यक्तिहरू बजार क्षेत्रमा कबाडी सामान संकलन गररे बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij