Jun 04 2026 | २०८३, जेठ २१ गते
बागलुङ । बचतकर्ताको करोडौं रकम हिनामिना भएको इमेज बचत तथा ऋण सहकारीको छानविनमा खटिएको प्रहरीसहितको टोली बुर्तिवाङ पुगेको छ । सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रशासन कार्यालयले शिल गरेको इमेज सहकारीको बुर्तिबाङको कार्यालयमा रहेका कागजात तथा कम्प्युटरमा रहेको फाइलको टोलीले अनुसन्धान थालेको हो ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बाबु केसी, इलाका प्रशासन कार्यालय बुर्तिवाइका प्रमुख लोक बहादुर कुँवर लगाएतको टोलीले सकारीमा रहेका सम्पूर्ण कागजात तथा कम्युटर नियन्त्रण गरि आवश्यक अध्ययन गरिरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीको नेतृत्वमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिपक बाबु केसी लगायतको टोलीले जाहेरी संकलनगरि अनुसन्धान अगाडि बढाएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij