Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकर डा. बुद्धि मल्लको 'सफलता सम्भव छ'

बैंकर डा. बुद्धि मल्लको 'सफलता सम्भव छ'

  • काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक 'सफलता सम्भव छ' को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरे । 

    AGNI GROUP


    लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ ‘जिन्दगी सुन्दर छ’ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, ब्यवहारलगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।

    पुस्तकमा उँटले आफ्नो जिवनको निरन्तरताको लागि घांटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न र अमिताभ बच्चनजस्ता हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर ‘सफलता सम्भव छ’ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij