Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूयोर्कमा विधिवत् बेलविवाह संस्कार

न्यूयोर्कमा विधिवत् बेलविवाह संस्कार

  • अमेरिका । नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४३ तछलागास् सप्तमीका दिन, आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनुभयो ।

    onlinepatrika
    Arghakhachi

    उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख: का अध्यक्ष महेन्द्रबीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार विष्णुमान प्रधानले जजमान (मुख्य कर्ता) भई पुजा सम्पन्न गर्न सहयोग गर्नुभएको थियो ।

    AGNI GROUP

    355122597_275665708328564_4564860419949276615_n.jpg

    न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगंको भवनमा आयोजना गरिएको सामुहिक ईहीमा ४ वटा राज्यहरु न्युयोर्क, फिलाडेल्फिया, कोलराडो र मिनसोटा आदि स्टेटहरूबाट गरि जम्मा ६ जना बालिकाहरूको सहभागी थियो । ईही गरिएका बालिकाहरू – लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्यलगायत उक्त कार्यक्रममा बालिकाका अभिभावक/आफन्तकहरू गरि सयौं जनाको उपस्थिति थियो ।

    354772040_1397095831073805_5903969635301123645_n.jpg
    नख:का महासचिव तुलसी नारायण चित्रकारले सम्पूर्ण अतिथि र सहभागीहरूलाई स्वागतगरि सुरू गरिएको उक्त कार्यक्रममा नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यले ईहीमा सहभागी बालिकाहरु, बालिकाहरूका अभिभावक, आफन्तकहरू, पाहुना तथा कार्यसमितिका पदाधिकारीहरूको परिचय गराई ईहीको महत्त्वको बारेमा प्रकाश पार्नुभएको थियो भने नख:का संस्थापक उपाध्यक्ष, निर्वतमान अध्यक्ष तथा सल्लाहकार बिष्णुमान प्रधानले नेवास् चाडपर्व, परम्परा, रितिरिवाज तथा कलासंस्कृतिको संरक्षण र प्रवर्द्धनका गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको कुरा व्यक्त गर्नुभयो । 

    नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सहकोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराउनुभएको थियो ।कार्यक्रममा अतिथीको तर्फबाट नेवाः गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो।

    नखःका द्वितीय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सहकोषाध्यक्ष मेनी श्रेष्ठ, सदस्य शोभना शाक्य, नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, उजिला प्रधान, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र निलिमा शाक्य र सरिता श्रेष्ठ, उमा माथेमा र निगिता थापा श्रेष्ठले ईहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लसस्कुसस् गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए ।


    साथै वहाँहरूले उपहार र सगुनसहित ईही गर्ने बालिकाहरूलाई “थाय् भू” तयार गरेका थिए । संस्थाका महासचिव तुलसी नारायण चित्रकार, सचिव अनित श्रेष्ठ, र सदस्यहरू किरण रंजित, अभिषेक छोचूँ, नविन शाक्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य र सुमित श्रेष्ठले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गर्नु भएको थियो ।


    न्युयोर्कमा गरिएको नेवारी परम्परागत ईहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवारी मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णुमान प्रधानले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij