
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको महासघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij