Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम

सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम

  • काठमाडौँ । सरकारी कोषमा नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

    images
    images
    images

    यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो । बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो ।

    आर्थिक वर्ष २०७८र७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो ।  सँगै अघिल्लो वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij