
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवेहलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले आज निवेदन पेश गरेकी हुन् । निवेदनको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।
मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए । भारतीय चलचित्र आदिपुरुषु काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत पाटनले आदेश दिएपछि मेयर शाहले फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।
मेयर शाहले अदालत र सरकार बिकेको आरोप लगाएका थिए । मेयर साहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन ।
फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij