Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । ललितपुर वडा. नं. १९ का वडाध्यक्ष राजेन्द्र महर्जन नागरिकमैत्री बाटोका लागि सक्रिय भएका छन् । इबाननी जाने बाटोमा व्यापार गर्दै आएका ठेला व्यापारीलाई वडाध्यक्ष महर्जनले चेतावनी दिएका छन् ।
नगरसभामा व्यस्त भइरहेका वडाध्यक्ष महर्जनलाई ठेला गाडाले बाटो जाम भएको खबर आएपछि तत्कालै उनी त्यहाँ पुगेका थिए । सडकका ठेला व्यापारीलाई चेतावनी दिँदै वडाध्यक्ष महर्जनले भने, 'भोलीदेखि यहाँ देख्न नपरोस्, जनतालाई हिडडुलमा अवरोध नहोस् ।'
वडाध्यक्षले ठेला गाडी हटाउन उर्दी गरिरहँदा नगर प्रहरी प्रमुख सिताराम हाछेथुका दलबलले ठेला हटाउन सघाएका थिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij