Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

व्यक्तिगत कर्जाहरु स्थिर राख्दै राष्ट्र बैंक

व्यक्तिगत कर्जाहरु स्थिर राख्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    images
    images
    images

    निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यानमा दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदरमा कर्जा उपभोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन ।

    राष्ट्र बैंकले ब्याजदरका सर्तहरु बुझेरमात्र कर्जा उपयोग गर्न पनि सचेत गराएको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेरमात्र कर्जा उपयोग गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने राष्ट्र बैंकले जनाएको छ। ‘त्यसैले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरका बारेमा पूर्ण जानकारी लिनुपर्दछ’, सूचनामा भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij