Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

एनएमबी बैंकले ल्यायो नयाँ दुई अफर 

एनएमबी बैंकले ल्यायो नयाँ दुई अफर 

  • काठमाडौं । एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस् यो अफरमार्फत् ग्राहकहरूले सहज र प्रभावकारी रूपमा रकम ट्रान्सफर गर्न सक्ने बैंकको भनाइ छ ।

    images
    images
    images

    सो अफर साउन मसान्तसम्म लागु हुने कम्पनीको भनाइ छ । साथै बैंकले असार अन्तिमसम्म आफ्नो ग्राहकहरूलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । 

    बैंकको नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।  बैंकले हाल २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij