Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    उहाँले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नुभयो । प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले आफ्नो पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताउनुभयो ।

    AGNI GROUP

    नेता दाहालले प्रधानमन्त्रीले  आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनुभयो । एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक दिउँसो ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij