Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरी राखिएको मुनितिर खोतल्दा उक्त सुन फेला परेको हो ।जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना, प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सरकारी निकायका प्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा जोखेको जलहरीको सुनमा अझै तौल नमिलेपछि ठीक दुरुस्त बनाउन भित्रै सुन खसेको बहानामा आज उक्त परिमाणको सुन निकालिएको हुनसक्ने अनुमान छ ।
‘सुन त्यहीँ हुनुपर्छ भन्दै भुईं खोतलेपछि फेला परेको हो,’ पशुपति क्षेत्र विकास कोष स्रोतले बतायो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij