Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललितानिवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक ध्रुवप्रसाद अर्याल र समरजङ्ग कम्पनीका प्रमुख लोकहरि घिमिरे छन् ।
यससँगै ललितानिवास प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । यसअघि गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन पक्राउ परिसकेका छन् ।
त्यस्तै, व्यवसायी मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij