Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनलाई मुद्दामा वारेस राख्नबाट सर्वोच्चले गर्यो बञ्चित, आफैँ धाउनुपर्ने

बालेनलाई मुद्दामा वारेस राख्नबाट सर्वोच्चले गर्यो बञ्चित, आफैँ धाउनुपर्ने

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। अदालतको अवहेलना मुद्दामा मेयर शाहले आफ्नो सट्टामा वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले मेयर शाहलाई वारेस राख्ने अनुमति नदिने निर्णय (हिजो) मंगलबार गरेको थियो। 
    इजलासले अवहेलना मुद्दामा वारेस राख्ने अनुमति नदिएपछि मेयर शाह तारिखका लागि आफैं अदालत पुग्नुपर्ने कानुनी बाध्यता देखिएको छ । 

    AGNI GROUP

    भारतीय चलचित्र आदिपुरुषलाई महानगरभित्रका हलमा चल्न रोक लगाएका थिए मेयर बालेनले। सोहि विषयमा हल सञ्चालकहरूले मेयर शाहविरुद्ध मुद्दा दर्ता गरेका थिए।

    उच्च अदालत पाटनले भारतीय चलचित्र रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गर्यो। त्यसै आदेशविरुद्ध मेयर शाहले अदालत र सरकारविरुद्ध टिप्पणी गरेका थिए। सोहि विषयलाई लिएर उनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा कुमारी झाले मुद्दा दर्ता गरेकी थिइन्  ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij