Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

  • काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसदको महासचिव डा.भरतराज गौतमले बैठक दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा सभामुख घिमिरेले पढेर सुनाउने पनि कार्यसूचीमा उल्लेख छ।

    AGNI GROUP

    त्यस्तैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्याविधि थप गर्ने गरी जारी आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने कार्यसूची छ।

    राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावर छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij