Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

शिवराज भट्ट सुदूरपश्चिमको कानुनमन्त्री बन्दै

शिवराज भट्ट सुदूरपश्चिमको कानुनमन्त्री बन्दै

  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद शिवराज भट्ट सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बन्ने भएका छन् । भट्टलाई मुख्यमन्त्री कमलबहादुर शाहले कानुनमन्त्री बनाउन लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले बैतडी प्रदेशसभा (२) बाट निर्वाचित भट्टलाई कानुनमन्त्री बनाउन लागिएको जनाएको छ ।

    images
    images
    images

    असार ५ गते बझाङको केदारस्युँमा सवारी दुर्घटनामा हुँदा तत्कालीन कानुनमन्त्री  पृथ्वीबहादुर सिंहको निधन भएको थियो । सिंहको निधनपछि रिक्त उक्त मन्त्रालयको जिम्मेवारी भट्टलाई दिन लागेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij