
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो ।
सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौँले हाजिर जमानीमा छाड्न आदेश दिएको हो । आफ्नो नाममा भएको करिब ७ आना जग्गा खेतानले फिर्ता गर्ने बताएपछि छाडिएको प्रवक्ता आचार्यले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij